‘चित्रा’को तीन पोस्टर सार्वजनिक

हिमाल प्रेस १३ मंसिर २०८० १२:२१ | Wednesday, November 29, 2023
‘चित्रा’को तीन पोस्टर सार्वजनिक

काठमाडौँ-  फिल्म ‘चित्रा’ को तीन पोस्टर सार्वजनिक गरिएको छ। फिल्मका निर्देशक घनश्याम लामिछानेले फेसबुकमार्फत पोस्टर सार्वजनिक गरेका हुन्।

पहिलो पोस्टरमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित अर्पण थापा, प्रमोद अग्रहरिलाई देख्न सकिन्छ। दोस्राेमा अभिनेत्री शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराइलीसँगै अभिनेता अर्पण, प्रमोद र सन्तोष छन्। तेस्रो पोस्टरमा सन्तोष, सिम्रन खड्का र बाल कलाकार आयुशी ढकाल छन्।

फिल्ममा अन्य कलाकार विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेलको अभिनय छ। पारिवारिक पृष्ठभूमिमा बनेको फिल्म बाबुछोरीको कथामा आधारित छ।

पौष २७ मा प्रदर्शन हुने फिल्ममा अजय अधिकारीको कथा र मनिश गौतमको पटकथा तथा संवाद छ। महेश पौडेलले छायांकन गरेको फिल्म सम्राट बस्नेतले द्वन्द्व निर्देशन, राजनराज शिवाकोटीको संगीत, बनिश शाह र सन्देश शाहले सम्पादन गरेका छन्।

फिल्मका निर्माता आशिष थापा मगर हुन्। फिल्म सन्तोष अधिकारी फिल्म्स्काे ब्यानर  तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको छ।

प्रकाशित: १३ मंसिर २०८० १२:२१ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast