मेसु राजेन्द्र बस्यालमाथि कुटपिटका कारण चिकित्सक विरोधमा

हिमाल प्रेस १३ मंसिर २०८० ९:५३ | Wednesday, November 29, 2023
मेसु राजेन्द्र बस्यालमाथि कुटपिटका कारण चिकित्सक विरोधमा

लुम्बिनी- सुत्केरी मृत्युको विषयलाई लिएर आफन्तले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन्।

मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन्। नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ।

लुम्बिनी चिकित्सक संघका सचिव डा. सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए। चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसँग आफूहरू उपचार रोकेर विरोध गर्ने बताए।

कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयू कक्षमा उपचार भैरहेको छ। स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०८० ९:५३ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast