रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि

हिमाल प्रेस १३ मंसिर २०८० ९:३२ | Wednesday, November 29, 2023
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ।

मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठक आज तेस्रो दिन पनि बस्न लागेको हो। बुधबार बिहान १० बजे जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरु हुने बैठकमा महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुने कार्यसूची तय गरिएको रास्वपा उपसभापति डीपी अर्यालले बताए। बैठकमा पार्टी नीति, विचारबारे विमर्श हुने उनको भनाइ छ।

मंगलबारको बैठकमा पार्टीको लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन, पार्टीको प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले प्रशिक्षण सम्बन्धी प्रतिवेदन। सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन पेस गरेका थिए।

बैठकमा प्रस्तुत प्रतिवेदनमाथि लिखित र मौखिक सुझावहरु आएको उपसभापति अर्यालले जानकारी दिए। मंगलबारको बैठकमा महाधिवेशनको एजेण्डा पनि प्रवेश भएको अर्यालले बताए।

मंगलबार संयुक्त बैठकअघि बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलकोतर्फबाट प्रतिवेदन पेस गरेका थिए।

प्रकाशित: १३ मंसिर २०८० ९:३२ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast