सांसद महराको धनमाल चोरी

हिमाल प्रेस १२ मंसिर २०८० १२:५० | Tuesday, November 28, 2023
सांसद महराको धनमाल चोरी राष्ट्रियसभा सदस्य महेशकुमार महरा। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ।

आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए।

‘पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुईंमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो,’ उनले भने।

उक्त घटनाका बारेमा प्रहरीले सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ। रासस

प्रकाशित: १२ मंसिर २०८० १२:५० | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast