प्रहरी समायोजनको माग लिएर ७ प्रदेशका गृहमन्त्री सिंहदरबार जाँदै

हिमाल प्रेस १२ मंसिर २०८० ९:५९ | Tuesday, November 28, 2023
प्रहरी समायोजनको माग लिएर ७ प्रदेशका गृहमन्त्री सिंहदरबार जाँदै फाइल तस्बिर

काठमाडौँ- प्रहरी समायोजन माग गर्दै आज सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने भएका छन्।

दिउँसो ३ः३० बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा हुने भेटमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे छलफल हुने बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

मुलुकमा प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन्।

प्रकाशित: १२ मंसिर २०८० ९:५९ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast