सर्वोत्तमको ‘कटअफ प्राइस’ ४०१ रुपैयाँ, सर्वसाधारणले ३६१ मा पाउने

हिमाल प्रेस ११ मंसिर २०८० १४:२० | Monday, November 27, 2023
सर्वोत्तमको ‘कटअफ प्राइस’ ४०१ रुपैयाँ, सर्वसाधारणले ३६१ मा पाउने

काठमाडौँ– बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री भएको सर्वोत्तम सिमेन्टको ‘कटअफ प्राइस’ ४०१ रुपैयाँ कायम भएको छ। कम्पनीको सेयरमा बुक बिल्डिङ प्रक्रियामार्फत ४१ संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए।

संस्थाहरूलाई ४०१ देखि ६०१ रूपैयाँसम्मको रेञ्ज दिइएको थियो। अधिकांश संस्थाले न्यूनतम मूल्यमै बोलपत्रमार्फत प्रस्ताव गरे। सोही आधारमा कटअफ प्राइस तोकिएको हो।

कम्पनीले संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर जारी गरेको थियो। अब सर्वसाधारणलाई सर्वोत्तमले प्रतिकित्ता सेयर ३६०.९० रुपैयाँमा बिक्री गर्ने भएको छ।

बुक बिल्डिङ प्रक्रियाको निर्देशिकाअनुसार संस्थागत लगानीकर्ताहरूले गरेको बोलकबोलमा निस्किने कटअफ प्राइसभन्दा १० प्रतिशत कम मूल्य राखेर सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्छ। कम्पनीले सर्वसाधारणका लागि ३६ लाख कित्ता सेयर जारी गर्नेछ।

संस्थागत लगानीकर्तालाई बाँडफाँट सम्पन्न भएको ७ दिनभित्र नेपाल धितोपत्र बोर्डमा विवरण दिनुपर्छ। बोर्डले स्वीकृति दिएपछि सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रक्रिया अघि बढ्छ। सर्वसाधारणले यसको न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ। इक्रा नेपालले कम्पनीलाई ‘ट्रिपल बी’ रेटिङ दिएको छ। सर्वोत्तमले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ।

प्रकाशित: ११ मंसिर २०८० १४:२० | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast