केन्द्रीय समितिका एजेन्डा अनुमोदन गर्न नेसपाको पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस ११ मंसिर २०८० ९:४० | Monday, November 27, 2023
केन्द्रीय समितिका एजेन्डा अनुमोदन गर्न नेसपाको पदाधिकारी बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय पदाधिकारी बैठक आज बस्दैछ। केन्द्रीय समितिले अनुमोदन गरेका एजेन्डामाथि विस्तृत छलफल गर्न  बैठक बस्न लागेको हो।

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा ११ बजे पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए।

‘केन्द्रीय समिति बैठकले अनुमोदन गरेका एजेन्डामाथि छलफल गर्न आज पदाधिकारी बैठक बस्दैछ,’ उनले भने।

गत बुधबार काठमाडौँमा भएको चौथो पूर्ण बैठकले बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा माओवादी केन्द्रलगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्दै जाने एजेन्डा पारित गरेको थियो।

बैठकले सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने, मंसिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ-फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने र २०८१ वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने एजेन्डा पारित गरेको थियो।

प्रकाशित: ११ मंसिर २०८० ९:४० | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast