आलु र दूध बिक्रीबाट दुई करोडभन्दा बढी आम्दानी

हिमाल प्रेस ७ मंसिर २०८० ८:१८ | Thursday, November 23, 2023
आलु र दूध बिक्रीबाट दुई करोडभन्दा बढी आम्दानी

दोलखा- दोलखाको वैतेश्वर गाउँपालिका–८ यवोका ९३ घरधुरी किसानले यस वर्ष आलु बिक्रीबाट एक करोडभन्दा बढी आम्दानी गरेका छन्।

आलु उत्पादनको हिसाबले उर्वर भूमि मानिने यवोबाट मात्रै यस वर्ष एक करोड ६८ लाखको आलु बिक्री भएको जनप्रेमी कृषि सहकारी संस्थाका अध्यक्ष टीकाबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार प्रोत्साहनका लागि संस्थाले उत्कृष्ट आलु किसानलाई सम्मान गरेको छ। सहकारीले आलु खेती गर्ने किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन थालेपछि आलु खेती विस्तार हुँदै गएको हो। यवोका ९३ जना किसानले यस वर्ष तीन लाख ५२ हजार ३० केजी आलु काठमाडौँ निर्यात गर्दै एक करोड ६८ लाख आम्दानी गरेका हुन्।

त्यस्तै आलुसँगै दूधमा पनि यवो गाउँ आत्मनिर्भर बन्दै गएको छ। सहकारीको मासिक रिपोर्ट अनुसार ४० लाख ३२ हजार रुपैयाँ दूधबाट आम्दानी गर्न सफल भएका छन्। यस गाउँका किसानले सहकारीको सहयोग पाएपछि कृषिलाई आम्दानीको मुख्य स्रोत बनाएको स्थानीय किसान शिवबहादुर कार्कीले बताए।

किसान कार्की यवोमा सबैभन्दा बढी आलु तथा दूध उत्पादन गरेर चौधौँ पटक सम्मानित भइसकेका छन्। उनले यस वर्ष पनि चार लाख ५० हजारको आलु उत्पादन गरेर सहकारीबाट चौधौँ पटक सम्मान थापेको बताए।

दोस्रो सबैभन्दा बढी आलु फलाउने किसानको रूपमा सोही गाउँका राम चन्द्र कार्की पनि सम्मानित भए। कार्कीले तीन लाख ३५ हजार बराबरको आलु उत्पादन गरे।

प्रकाशित: ७ मंसिर २०८० ८:१८ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast