आम जनता पार्टीद्वारा स्थायी कमिटी बैठक आह्वान

हिमाल प्रेस ७ मंसिर २०८० ६:५५ | Thursday, November 23, 2023
आम जनता पार्टीद्वारा स्थायी कमिटी बैठक आह्वान आम जनता पार्टीका अध्यक्ष प्रभु साह। फाइल तस्बिर

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले स्थायी कमिटीको बैठक आह्वान गरेको छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन आजपाले मंसिर ११ गते पार्टी कार्यालय कोटेश्वरमा बैठक आह्वान गरेको हो।

अध्यक्ष साहले देश संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको र राजनीतिक अस्थिरता कायमै रहेको दाबी गरे। सरकार-सरकारबीच द्वन्द्वको अवस्था रहँदा जनता भने निराश रहेको उनको भनाइ छ। प्रमुख पार्टीका नेताहरू अनिर्णयको बन्दी भई खुलेआम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै उनले देशको आर्थिक अवस्था दयनीय अवस्थामा पुगेको जिकिर गरे।

बजारमा पैसाको हाहाकार छ। एकातिर देशबाट बर्सेनि खर्बौं पुँजी वर्तमान संकटको प्रमुख कारण विद्यमान शासन व्यवस्था र मुख्यतः दलतन्त्र भएको उल्लेख गर्दै साहले यसको विकल्प खोज्न जरुरी भइसकेको बताए।

यी र यस्ता संकटको समीक्षा तथा वर्तमान व्यवस्था र नेतृत्वको विकल्पबारे पार्टीको आधिकारिक धारणा तथा ठोस योजना निर्माणको लागि बैठक आह्वान गरिएको उनको भनाइ छ।

प्रकाशित: ७ मंसिर २०८० ६:५५ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast