धनगढीमा बैंक ह्याक गर्ने गिरोह पक्राउ

हिमाल प्रेस ६ मंसिर २०८० १८:२० | Wednesday, November 22, 2023
धनगढीमा बैंक ह्याक गर्ने गिरोह पक्राउ

धनगढी- कैलाली प्रहरीले बैंक ह्याक गर्ने गिरोहलाई बुधबार धनगढीबाट पक्राउ गरेको छ। उनीहरूले धनगढी उपमहानगरपालिकास्थित नेपाल राष्ट्र बैंक नजिक कार्यालयनै राखेर बैंक ह्याक गर्ने गरेका थिए।

प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि बुधबार कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ। पक्राउ पर्नेहरूको परिचय प्रहरीले खुलाएको छैन।

प्रहरी सहायक निरीक्षक अनिल विष्टले लामो अनुसन्धानपछि यो गिरोहलाई पक्राउ गर्न सफल भएको बताए। पक्राउ परेका व्यक्तिहरूबाट १० वटा ल्यापटप बरामद गरिएको उनले बताए।

उनीहरूमाथि सोधपुछ भइरहेको विष्टको भनाइ छ।

प्रकाशित: ६ मंसिर २०८० १८:२० | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast