माओवादी केन्द्रसँग पार्टी एकताको पक्षमा नेसपाका बहुमत केन्द्रीय सदस्य

हिमाल प्रेस ६ मंसिर २०८० १८:११ | Wednesday, November 22, 2023
माओवादी केन्द्रसँग पार्टी एकताको पक्षमा नेसपाका बहुमत केन्द्रीय सदस्य

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का बहुमत केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको पक्षमा देखा परेका छन्।

जडीबुटीस्थित एक पार्टी प्यालेसमा बुधबार बसेको केन्द्रीय समिति बैठकमा सहभागी नेताहरूले पार्टी एकता गरेमात्र आफूहरूको अस्तित्व कायम रहनेमा जोड दिएका हुन्।

बैठकमा सहभागी एक नेताले भने, ‘अब पार्टी धुव्रीकरण/एकता गर्न बाहेक अन्य विकल्प हामीसँग छैन। बरु ढिला होस् तर एकतामा जानैपर्छ। पार्टी एकतापछि पनि वैकल्पिक रानीतिकको अभियान चलाउन सकिन्छ।’

त्यसै गरी बैठकमा नेताहरूले तत्काल महाधिवेशनमा जान नसकिने पनि बताएका छन्। पार्टी एकतापछि मात्र एकता महाधिवेशनमा जोड दिनुपर्ने नेताहरूको भनाइ छ।

नेसपा अध्यक्ष महिन्द्र रायले बैठकमा माओवादीसँग एकता गर्न हतार गर्न नहुने बताए। उनको भनाइमा नेसपाले मधेशसहितका जिल्लाहरूमा संगठन अभियान चलाउनुपर्छ र बलियो भएर सम्मानजनक रूपमा एकतामा जानुपर्छ।

बैठकमा प्रदेश अध्यक्ष, प्रवास अध्यक्ष, गैरभौगोलिक, आईटी विभागले आफूले गरेका कामका विषयमा रिपोर्टिङ गरे। बैठकको अन्तिममा अध्यक्ष डा.बाबुराम भट्टराईले बैठकमा उठेका प्रश्नको उत्तर दिनेछन्। केन्द्रीय समिति बैठक सकेसम्म आजै समापन गर्ने नेसपाको योजना छ।

प्रकाशित: ६ मंसिर २०८० १८:११ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast