प्रसाईको आन्दोलनमा सहभागी हुन आएकामाथि युवासंघका कार्यकर्ताले आक्रमण गरेको आरोप

हिमाल प्रेस ६ मंसिर २०८० १२:४३ | Wednesday, November 22, 2023
प्रसाईको आन्दोलनमा सहभागी हुन आएकामाथि युवासंघका कार्यकर्ताले आक्रमण गरेको आरोप

काठमाडौँ- दुर्गा प्रसाईको अभियानमा सहभागी हुन उपत्यकाबाहिरबाट आएका महिलाहरूमाथि दुर्व्यवहार भएको छ। उनीहरूमाथि दुर्व्यवहार गर्नेहरू युवा संघका नेता कार्यकर्ताले आक्रमण गरेको दुर्गा प्रसाईको सचिवालयको दाबी छ।

सार्वजनिक भएको भिडियो फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएकोसमेत प्रसाईको सचिवालयले जनाएको छ।

गत असोज २२ गते दुर्गा प्रसाईलाई कालो मोसो दल्ने काम पनि उनैको नेतृत्वमा रहेको टोली भएको प्रसाईले बताएका छन्। त्यतिबेला उनी पक्राउ भने परेनन्। उनको घर खोटाङ दिप्रुङ चुइचुम्बा गाउँपालिका रहेको बुझिएको छ। महिलाहरूमाथि दुर्व्यवहार भएको विषयमा भक्तपुर प्रहरीमा राति १० बजेतिर फोन गएको थियो। त्यसपछि महिलाहरू त्यहाँबाट भागेका थिए।

प्रकाशित: ६ मंसिर २०८० १२:४३ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast