काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेबाट सुरु हुनेछ।
आजको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको योजना, यसका लागि नेताहरूको परिचालनलगायतका विषयमा छलफल हुनेछ।
बैठकमा मंसिर १४ गतेदेखि सुरु गर्ने तयारी गरेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’का बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन्।
पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार (भोलि) काठमाडौंमा गर्ने प्रदर्शनलगायत विषय बैठकका एजेन्डा रहेका छन्।
प्रकाशित: ६ मंसिर २०८० ७:४२ | Wednesday, November 22, 2023
प्रतिक्रिया




