पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईविरुद्ध पर्‍यो उजुरी

हिमाल प्रेस ५ मंसिर २०८० १८:५४ | Tuesday, November 21, 2023
पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईविरुद्ध पर्‍यो उजुरी

काठमाडौँ- युवा संघ नेपालले राष्ट्रियगान अपमान सम्बन्धी कसुर मुद्दामा दुर्गा प्रसाईविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको छ। केही दिनअघि गरिएको एक कार्यक्रममा पुरानो राष्ट्रियगान बजाएर गणतन्त्रविरोधी क्रियाकलाप गरेको भन्दै ‍प्रसाईलाई विपक्षी बनाएर युवा संघले धनुषा प्रहरीमा जाहेरी दिएको हो।

हिन्दू सम्राट सेना धनुषाले कार्तिक २८ गते आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाई प्रमुख अतिथि रहेका थिए। उक्त कार्यक्रममा पुरानो राष्ट्रियगान ‘श्रीमान् गम्भीर नेपाली’ बजाइएको थियो।

राष्ट्रियगानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईविरुद्ध मुद्दा दर्ता गराएको युवा संघ नेपाल धनुषाका अध्यक्ष रोशनकुमार यादवले बताए।  मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलास गरी हदैसम्म कैद तथा जरिवाना गरी पाऊँ भनी जाहेरी दर्ता गरिएको जाहेरीकर्ता यादवले बताए।

प्रकाशित: ५ मंसिर २०८० १८:५४ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast