क्यानडाका विश्वविद्यालयका प्रतिनिधि काठमाडौँमा

हिमाल प्रेस ५ मंसिर २०८० १२:२२ | Tuesday, November 21, 2023
क्यानडाका विश्वविद्यालयका प्रतिनिधि काठमाडौँमा

काठमाडौँ– क्यानडाका २५ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिले काठमाडौँ भ्रमण गर्ने भएका छन्। दोस्रो ईडीयूक्यानडामा सहभागी हुन आउने प्रतिनिधिले नेपाली विद्यार्थीमाझ क्यानडाको शिक्षा, शिक्षा नीति, कोर्स, अवसर तथा छात्रवृत्तिको बारेमा जानकारी दिनेछन्। त्यसका साथै नेपाली विद्यार्थीको क्यानडामा हुने बसाइ, विद्यार्थी भिसालगायत बारेमा पनि सहजीकरण गर्न सघाउनेछन्।

नेपालका लागि क्यानडाका राजदूत क्यामरुन म्याकेले दोस्रो ईडीयूक्यानडाले नेपाली विद्यार्थीलाई क्यानडामा अन्तर्राष्ट्रियस्तरको शिक्षाको पहुँच विस्तार गर्ने बताए। उनले भने, ‘यो नेपाली विद्यार्थी र क्यानडाका विश्वविद्यालय दुवैका लागि अवसर हो। यसले नेपालीलाई व्यवहारिक, सीपमूलक शिक्षाको पहुँचलाई सहज बनाउने छ।’

विश्वविद्यालयका प्रतिनिधिसँग नेपाली विद्यार्थी, कन्सल्टेन्सी, कलेजका शिक्षक तथा प्राध्यापकलगायतले अन्तरक्रियासमेत गर्न सक्नेछन्। कार्यक्रम द ह्यात प्लेस ताहचलमा नोभम्बर २७ मा अपराह्न १२ः३० देखि ५ बजेसम्म हुनेछ।

प्रकाशित: ५ मंसिर २०८० १२:२२ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast