त्रिभुवन विमानस्थलबाट झण्डै दुई किलो कोकिनसहित भारतीय महिला पक्राउ

हिमाल प्रेस ४ मंसिर २०८० २०:२३ | Monday, November 20, 2023
त्रिभुवन विमानस्थलबाट झण्डै दुई किलो कोकिनसहित भारतीय महिला पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित आज (सोमबार) एक जना भारतीय महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो सांगी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए। पक्राउ परेकी महिला इथियोपियाबाट आइतबार राति कतारको दोहा हुँदै आज (सोमबार) काठमाडौँ विमानस्थलमा ओर्लिएकी र काठमाडौँबाट भूटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीलाई प्राप्त सूचनाअनुसार पक्राउ गरिएको उनले बताए।

महिलाका साथबाट लागु औषध नियन्त्रण ब्युरोको टोलीले १ किलो ९७३ ग्राम कोकिन बरामद गरेको चन्दले बताए।

प्रकाशित: ४ मंसिर २०८० २०:२३ | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast