युवा संघ र दुर्गा प्रसाईलाई माइतीघरमा प्रदर्शन प्रशासनले लगायो रोक

हिमाल प्रेस ४ मंसिर २०८० १८:४४ | Monday, November 20, 2023
युवा संघ र दुर्गा प्रसाईलाई माइतीघरमा प्रदर्शन प्रशासनले लगायो रोक

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान र नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकै समयमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार माइतीघर मन्डलामा ७ गते हुने भनिएको दुवै पक्षको प्रदर्शन गर्न नदिने गरी निषेधित गरिएको छ।

काठमाडौं जिप्रकाले दुवै समूहलाई माइतीघर मण्डलाबाहेक तीनकुने, चाबहिल, माछापोखरी, मुलपानी क्रिकेट मैदान र नक्साल नारायणचौरमध्ये एकठाउँमा कार्यक्रम गर्न सुझावसमेत दिएको छ।

प्रकाशित: ४ मंसिर २०८० १८:४४ | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast