सवारी दुर्घटनामा परेर सहकारी अभियमन्तासहित दुईको मृत्यु

हिमाल प्रेस ४ मंसिर २०८० १४:०२ | Monday, November 20, 2023
सवारी दुर्घटनामा परेर सहकारी अभियमन्तासहित दुईको मृत्यु

लुम्बिनी- रूपन्देहीकाे तिलाेत्तमामा साेमबार दुर्घटना हुँदा दुईजनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटा र तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ८१६१ ट्रकले देवकोटा र क्षेत्री सवार लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। उनीहरू तिलोत्तमा उद्योग वाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए। मृतकहरू दुवैको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ।

तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सन्चालक थिए। विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहकारसमेत हुन्।

प्रकाशित: ४ मंसिर २०८० १४:०२ | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast