भूकम्प प्रभावितलाई सिप्रदीबाट ५५ लाखको राहत वितरण

हिमाल प्रेस ४ मंसिर २०८० १३:३३ | Monday, November 20, 2023
भूकम्प प्रभावितलाई सिप्रदीबाट ५५ लाखको राहत वितरण

काठमाडौँ– सिप्रदीले जाजरकोट र रूकुमका भूकम्प प्रभावित परिवारलाई आधारभूत आवश्यकताका सामग्री वितरण गरेको छ।

सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त प्रयासमा जिल्ला प्रशासन कार्यालय जाजरकोट, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुमअन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई ५५ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरिएको हो।

राहत सामग्रीमा त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुन, न्यानो कपडा, सिरक, सिरानी र टोपीलगायतका सामग्री छन्। जसबाट १२ सय घर परिवारका ४८ सय जना भूकम्प प्रभावित लाभान्वित बनेका छन्।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको वैकल्पिक व्यवस्था नभएका प्रभावितलाई सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङको संयुक्त प्रयासमा स्थानीय प्रशासनसँग समन्वय गर्दै राहत वितरण गरिएको बताए।

२०७२ को भूकम्पपछि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रष्टको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को सुरूवात गरेको थियो। यो परियोजनाअन्तर्गत सिन्धुपाल्चोकमा ९ वटा विद्यालय तथा एउटा स्वास्थ्य चौकीको पुनर्निर्माण गरिएको थियो।

सन् २०१२ देखि सञ्चालनमा रहेको सिप्रदीयन सहायता संस्था गैरनाफामूलक, गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था हो। सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्व जिम्मेवारीसम्बन्धी गतिविधि सञ्चालन गर्न यस संस्थाको स्थापना गरिएको हो। यसले शिक्षा, स्वास्थ्य, तालिम, खेलकुद, सामाजिक सेवा तथा प्राकृतिक विपद् र प्रकोपबाट पीडितको आपतकालीन उद्धार, सहयोग तथा पुनस्र्थापनासम्बन्धी काममा सहयोग गर्दै आएको छ।

प्रकाशित: ४ मंसिर २०८० १३:३३ | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast