प्रसारणको तयारीमा ‘टुल्के दाइ’, प्रोमो सार्वजनिक

हिमाल प्रेस ३ मंसिर २०८० १७:४७ | Sunday, November 19, 2023
प्रसारणको तयारीमा ‘टुल्के दाइ’, प्रोमो सार्वजनिक

काठमाडौँ- सामाजिक विषयवस्तुमा आधारित टेलिफिल्म ‘टुल्के दाइ’ प्रसारण हुने भएको छ। निर्माण टिमले प्रोमो सार्वजनिक गर्दै  मंसिर १५ शुक्रबारदेखि प्रसारण गरिने जनाएको छ।

टेलिफिल्म प्रत्येक साताको शुक्रबार बेलुका ७ बजे ‘टुल्के दाइ अफिसियल’ युट्युब च्यानलबाट प्रसारण हुनेछ।

सरोज दाहालको निर्देशनमा बनेको टेलिफिल्ममा ‘टुल्के दाइ’को भूमिकामा कलाकार बाबुराम शाक्य छन्। अन्य कलाकार मायादेवी श्रेष्ठ, सरोज दाहाल, रश्मी भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाइका बस्नेतलगायतकाे अभिनय रहनेछ।

बाबुराम शाक्यको कथा र सौरभ दवाडीको पटकथा रहेको टेलिफिल्म बिएम पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको छ। अनिल जिसीकाे छायांकन रहेको टेलिफिल्म मुकेश हमालको सम्पादन गरेका छन्।

यस्ताे छ प्रोमो 

प्रकाशित: ३ मंसिर २०८० १७:४७ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast