टेक्नो मोबाइलका दुई स्मार्टफोन सार्वजनिक

हिमाल प्रेस ३ मंसिर २०८० १७:१२
टेक्नो मोबाइलका दुई स्मार्टफोन सार्वजनिक

काठमाडौँ– टेक्नो मोबाइलले पोभा ५ र क्यामोन २० गरी दुई स्मार्टफोन सार्वजनिक गरेको छ। टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्स हो।

कम्पनीले पोभा सिरिजअन्तर्गतको पोभा ५ विशेषगरी गेमिङमा रुचि राख्नेका लागि उपयोगी रहेको जनाएको छ। यसमा ८ प्लस ८ जीबीको र्‍याम र १२८ जीबीको इन्टरनल स्टोरेज छ। ६००० एमएएचको ब्याट्री रहेको पोभा ५ मा ६.७८ एमएमको डिस्प्ले र ५० मेगापिक्सलको ब्याट्री छ।

क्यामोन २० चाहिँ फोटोको लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ। यो फोनमा ६४ मेगापिक्सलको सुपर नाइट रियर क्यामेरा र ३२ मेगापिक्सलको एआई सेल्फी क्यामेरा छ। ६.६७ एमएमको डिस्प्ले रहेको क्यामोन २० मा ८ प्लस ८ जीबी र्‍याम र ५००० एमएएचको ब्याट्री दिइएको छ।

प्रकाशित: ३ मंसिर २०८० १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =