किशोर खतिवडा अभिनीत ‘रेड अन’को टिजर सार्वजनिक

हिमाल प्रेस २ मंसिर २०८० १०:५३ | Saturday, November 18, 2023
किशोर खतिवडा अभिनीत ‘रेड अन’को टिजर सार्वजनिक

काठमाडौँ- फिल्म ‘रेड अन’को टिजर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको हो।

टिजरमा ट्राफिक नियम पालना नगर्दा भोग्नु परेको समस्यालाई चित्रण गरिएको छ। फिल्मका निर्देशक यज्ञजंग विके (आयुष बिसी) हुन्।

फिल्ममा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे,वीरेन्द्र यादवलगायतको अभिनय छ।

खगेन्द्र सुवेदीको कथा रहेको फिल्ममा सिड गौतमको पटकथा छ। फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन। फिल्म खगेन्द्र सुवेदीले निर्माण गरेको फिल्म सुजन विश्वकर्माको छायांकन र राम प्रसाद चौधरीको सम्पादनमा बनेको छ।

 

प्रकाशित: २ मंसिर २०८० १०:५३ | Saturday, November 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast