प्राध्यापक कपिल श्रेष्ठलाई मानवअधिकार पुरस्कार

हिमाल प्रेस ५ पुष २०७९ २२:०४
12
SHARES
प्राध्यापक कपिल श्रेष्ठलाई मानवअधिकार पुरस्कार

काठमाडौँ- सरकारले यस वर्षको मानवअधिकार पुरस्कारबाट विगत चार दशकदेखि मानवअधिकारका क्षेत्रमा योगदान दिँदै आएका प्रा. कपिल श्रेष्ठलाई सम्मान गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार सिंहदरबारमा आयोजित एक समारोहमा सो पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशि एक लाख ११ हजार एक सय ११ रपैयाँ छ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अक्षयकोष नै स्थापना गरी २०७८ देखि मानवअधिकारको सम्मान संरक्षण र संवर्धनमा उल्लेखनीय योगदान पु¥याउने एक व्यक्ति र एक संस्थालाई पुरस्कार दिन सुरु गरेको छ। सोही क्रममा सरकारले संस्थातर्फ मानव सेवा आश्रमलाई र व्यक्तितर्फ प्रा. श्रेष्ठलाई पुरस्कृत गरेको हो।

मन्त्रालयका सचिव उदयराज सापकोटाका ‘मानवसेवा आश्रम (काठमाडौँ) लाई सडकपेटी तथा अन्य सार्वजनिकस्थलमा परित्यक्त, असहाय, असमर्थ, बेवारिसेरुपमा रही अत्यन्तै कष्टपूर्ण जीवनयापन गरिरहेका व्यक्तिको उद्धार, उपचार परामर्श लापनपालन संरक्षण र त्यस्ता व्यक्तिको शव सद्गद तथा व्यवस्थापनलगायत कार्य गरी मानवअधिकारको संरक्षणमा दिएको योगदानका लागि मानवअधिकार पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

यस्तै सरकारले लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख, रचना प्रकाशन, मानवअधिकारको प्रवद्र्धन, पैरवी, संरक्षणमा निरन्तररुपमा पु¥याएको योगदानको कदर गर्दै व्यक्तितर्फ श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव सापकोटाले बताए।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मानवअधिकारवादी श्रेष्ठले यो सम्मान आफ्नो नभई समग्र मानवअधिकार आन्दोलन र नागरिक समाजको सम्मान भएको बताए।

प्रकाशित: ५ पुष २०७९ २२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =