काठमाडौँ- सन्तोष सेनले निर्देशन गर्ने भनिएको फिल्म ‘बलिदान’काे टिजर सार्वजनिक भएको छ। छायांकन अघि नै निर्माण टिमले ओएसआर डिजिटल युट्युब च्यानलबाट टिजर सार्वजनिक गरेका हुन्।
एक मिनेट १४ सेकेन्डको टिजरलाई ‘फर्स्ट ल्यान्डिङ’ भनिएको छ। आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मका प्रस्तुतकर्ता निर्देशक सन्तोष स्वयं हुन्। फिल्म आगामी नयाँ वर्ष दसैँमा प्रदर्शन हुनेछ। फिल्ममा मधेशको राजनीतिक आन्दोलन र घटनाको कथावस्तु प्रस्तुत गरिने जनाइएको छ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक दर्शन जीको पटकथा लेखन रहने फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन्। पवन ब्राडफोर्ड बिस्टले निर्माण गर्ने फिल्मका कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी रहनेछन्।
प्रकाशित: १ मंसिर २०८० १४:०५ | Friday, November 17, 2023
प्रतिक्रिया





