काठमाडौँ- टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतमा टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सातवटा रिट निवेदन दर्ता भएका छन्। सर्वोच्चले सोमबारका लागि पहिलो पेसी तोकेको हो।
रिट निवेदन पेस गरेका कानुन व्यवसायीले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन्।
प्रकाशित: १ मंसिर २०८० १३:५४ | Friday, November 17, 2023
प्रतिक्रिया





