नेसपाको केन्द्रीय समिति बैठक मंसिर ६ गतेबाट

हिमाल प्रेस १ मंसिर २०८० ७:०८ | Friday, November 17, 2023
नेसपाको केन्द्रीय समिति बैठक मंसिर ६ गतेबाट

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

बैठकको एजेन्डा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषय रहेको महासचिव रमेश यादवले जानकारी दिए। यस्तै नेसपाको जारी अभियान, संगठन सुदृढीकरणलगायत विषयमा पनि छलफल हुने उनले बताए।

यस्तै बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय गर्ने उनले बताए। यसअघि असोजको तेस्रो साता बसेको कार्यकारिणी बैठकले माओवादीले पठाएको पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको ९ बुँदे आधार पत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो।

प्रकाशित: १ मंसिर २०८० ७:०८ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast