भैँसीसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

हिमाल प्रेस ३० कार्तिक २०८० १०:१२ | Thursday, November 16, 2023
भैँसीसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

झापा- झापामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ। एकजना घाइते भएका छन्।

झापाको कमल गाउँपालिका–३, सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ। तीव्र गतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए। उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रकाशित: ३० कार्तिक २०८० १०:१२ | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast