सुनसरीमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

हिमाल प्रेस ३० कार्तिक २०८० ७:५४ | Thursday, November 16, 2023
सुनसरीमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सुनसरी- सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

को २ ह ५५६५ नम्बरको टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए। सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् ।

दुर्घटनामा घाइते चारैजनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएको थियो। उपचारका क्रममा लिम्बूको मृत्यु भएको हो। प्रहरीले दुर्घटनापछि फरार टेम्पोका चालकको खोजी गरिरहेको छ।

यस्तै मोटसाइकलले ठक्कर दिँदा इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवाडाको निधन भएको छ।

बा २७ प ८७०१ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बुधबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।

प्रकाशित: ३० कार्तिक २०८० ७:५४ | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast