भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको पौने तीन करोड सहयोग

हिमाल प्रेस ३० कार्तिक २०८० ७:०५ | Thursday, November 16, 2023
भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको पौने तीन करोड सहयोग

काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टीले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई सहयोग गरेको छ।

चीन सरकारले गरेको सहयोगका अतिरिक्त पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले बुधबार दुई करोड ७४ लाख ७५ हजार बराबरको सहयोग गरेको हो।

काठमाडौंस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराई, नेकपा माओवादी केन्द्रका महासचिव र नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा हस्तान्तरण गरे ।

भूकम्पपीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पुर्‍याइदिने जानकारी दिएको डा भट्टराईले बताए।

स्थानीय राजनीतिक दल र प्रतिनिधिकाहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न आफूहरूले सुझाएको जानकारी दिँदै उनले छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने बताए।

प्रकाशित: ३० कार्तिक २०८० ७:०५ | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast