पोखरीमा डुबेर एकजनाको मृत्यु

हिमाल प्रेस २९ कार्तिक २०८० १३:४७ | Wednesday, November 15, 2023
पोखरीमा डुबेर एकजनाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- भक्तपुरमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका १ दुधपाटी नपुखु पोखरीमा डुबेर भक्तपुर नगरपालिका वडा नं। ४ नासमाना बस्ने बर्ष ५३ वर्षीय सुमन राजभण्डारीको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार मंगलबार साँझ ६स्२० बजे पोखरीमा मानिस डुबेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

तत्काल उद्धार गरी राजभण्डारीलाई उपचारका लागि भक्तपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मंगलबार साँझ ७ बजे नै उनको मृत्यु भइसकेको घोषणा गरेको डिएसपी पाठकले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: २९ कार्तिक २०८० १३:४७ | Wednesday, November 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast