महोत्तरीमा प्रहरीले किन चलायो गोली?

हिमाल प्रेस २९ कार्तिक २०८० १०:०७
20
SHARES
महोत्तरीमा प्रहरीले किन चलायो गोली?

महोत्तरी- महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना घाइते भएका छन्। गए राति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीको गाडीबाट भागेपछि दुवैजनालाई प्रहरीले गोली हानेको थियो । दुवै जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

दुवै जनाले यही कात्तिक २० गते राति जलेश्वर नगरपालिका–८ का जयकिशोर चौधरीको घरबाट एक लाख नगद रुपैयाँ, सुनका गहना, चाँदी तथा एक थान मोबाइल लुटेका थिए।

जिल्ला प्रहरी कार्यालयबाट सहायक प्रहरी निरीक्षक रामेश्वर यादवको नेतृत्वमा खटिएको टोलीले दुवै जनालाई मङ्गलबार गरुडा नगरपालिका–४ पानीट्यांकी नजिकैबाट पक्राउ गरेको थियो।

प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, गोली चार राउन्ड, मोबाइल एक थान र नगद चार हजार रुपैयाँ बरामद गरेको छ।

पक्राउ परेका दुवै जना महोत्तरी ल्याउँदै गर्दा राति सर्लाहीको सङ्ग्रामपुरबाट भाग्न खोजेपछि प्रहरीले चलाएको गोलीबाट घाइते भएका प्रहरी नायब उपरीक्षक गिरीले बताए। उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ।

करिब ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा पक्राउ परेका दुवै जनालाई प्रहरीले मुलकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताए।

प्रकाशित: २९ कार्तिक २०८० १०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast