राष्ट्रपतिले बहिनी शारदा र चन्दाको हातबाट टीका लाउने

हिमाल प्रेस २८ कार्तिक २०८० १६:२३ | Tuesday, November 14, 2023
राष्ट्रपतिले बहिनी शारदा र चन्दाको हातबाट टीका लाउने राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लाउने भएका छन्। राष्ट्रपति पौडेलले बुधबारको शुभसाइतमा बहिनीहरूको हातबाट टीका र आर्शिवाद लिने राष्ट्रपतिको सचिवालयले जनाएको छ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको बताएको छ। भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेट भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले बताएको छ।

प्रकाशित: २८ कार्तिक २०८० १६:२३ | Tuesday, November 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast