 राष्ट्रपति रामचन्द्र पौडेल
                             राष्ट्रपति रामचन्द्र पौडेल
                                            काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लाउने भएका छन्। राष्ट्रपति पौडेलले बुधबारको शुभसाइतमा बहिनीहरूको हातबाट टीका र आर्शिवाद लिने राष्ट्रपतिको सचिवालयले जनाएको छ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको बताएको छ। भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेट भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले बताएको छ।
                            प्रकाशित: २८ कार्तिक  २०८० १६:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 