भाइटीकाको दिन बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला हुने

हिमाल प्रेस २८ कार्तिक २०८० १६:१७ | Tuesday, November 14, 2023
भाइटीकाको दिन बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला हुने

काठमाडौँ- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्रै भक्तजनका लागि खुला गरिने रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन बुधाबर बिहानैदेखि खुला हुने भएको छ।

भाइटीकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर खोल्ने सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ।

वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने मन्दिर भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

‘सम्पूर्ण तयारी पूरा भएको छ, महानगर प्रहरीले व्यवस्थापनको पाटो मिलाउनेछ,’ पाण्डेले भने। भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजा आराधना गरेर टिका लगाउने गर्छन्।

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष मन्दिर बन्द गरिएको थियो। भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ मा पुनःनिर्माण भएपछि भक्तजनलाई खुला गरिँदै आएको छ।

प्रकाशित: २८ कार्तिक २०८० १६:१७ | Tuesday, November 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast