राष्ट्रपति पौडेलले गरे गाईको पूजा

हिमाल प्रेस २७ कार्तिक २०८० १२:४४ | Monday, November 13, 2023
राष्ट्रपति पौडेलले गरे गाईको पूजा शीतल निवासमा सोमबार गाईको पूजाअर्चना गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर : रासस

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन सोमबार गाई पूजा गरेका छन्। कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका छन्। श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको डोरो गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ ।

प्रकाशित: २७ कार्तिक २०८० १२:४४ | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast