नेसपाद्वारा भूकम्पपीडितलाई १० लाख सहयोग

हिमाल प्रेस २७ कार्तिक २०८० ९:४३ | Monday, November 13, 2023
नेसपाद्वारा भूकम्पपीडितलाई १० लाख सहयोग

काठमाडौँ- नेपाल समाजवादी पार्टी(नेसपा)ले भूकम्पपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।

पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले बालुवाटार पुगेर १० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन्।

त्यसक्रममा अध्यक्ष भट्टराईले प्रभावित क्षेत्रमा जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था राज्यका सबै अंग र तह परिचालित गरी अझै छिटो र प्रभावकारी रूपमा गर्न आग्रह गरेका थिए।

प्रकाशित: २७ कार्तिक २०८० ९:४३ | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast