मध्यपहाडी राजमार्गका समस्या समाधान गर्न उच्चस्तरीय समिति

हिमाल प्रेस २७ कार्तिक २०८० ७:५२ | Monday, November 13, 2023
मध्यपहाडी राजमार्गका समस्या समाधान गर्न उच्चस्तरीय समिति

कास्की- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्ने समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ।

उक्त राजमार्गको पोखरा खण्डमा रेखांकन विवाद उत्पन्न भएपछि समस्या समाधानका लागि प्रतिवेदन पेस गर्न गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो।

मध्यपहाडी राजमार्गको पोखरा खण्डमा रेखांकन विवादका कारण लामो समयदेखि काम सुरु हुन सकेको छैन। पछिल्लो समय पोखराको बाटुलेचौर, अर्मला मौजा हुँदै मादी गाउँपालिका जोड्ने गरी भएको रेखांकनपछि निर्माणको बोलपत्र आह्वान भएको थियो।

लामाचौर र बाटुलेचौरका स्थानीयको आन्दोलनका कारण त्यसयता काम अघि बढ्न सकेको छैन ।

विवादित क्षेत्रका स्थानीयले शैक्षिक, धार्मिक, सामाजिक तथा पर्यटकीय महत्वका स्थानको अस्तित्व मेटिने गरी लोकमार्ग बन्न लागेकामा विरोध गर्दै आन्दोलन गरिरहेका छन् । लोकमार्गको पछिल्लो रेखांकन वातावरणीय प्रभाव मूल्यांकनका हिसाबले उपयुक्त नभएको स्थानीयको दाबी छ।

समस्या समाधान गर्न गठित समितिको सल्लाहकारमा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई रहेका छन् भने समितिका अन्य सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा महानगरपालिका–१६ र १९ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना र पुष्पेन्द्र पाण्डे, पूर्वअध्यक्ष जीवनप्रसाद आचार्य र शोभामोहन पौडेल, संघर्ष समितिका तर्फबाट गोविन्द बस्नेत, सन्दीप थापा र खेमलाल अधिकारी छन्। गोरखापत्रबाट

प्रकाशित: २७ कार्तिक २०८० ७:५२ | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast