वन्यजन्तु चोरी सिकारीको आरोपमा चार जना पक्राउ

हिमाल प्रेस २६ कार्तिक २०८० २१:१५ | Sunday, November 12, 2023
वन्यजन्तु चोरी सिकारीको आरोपमा चार जना पक्राउ

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जले चार जना चोरी सिकारीलाई हातहतियारसहित पक्राउ गरेको छ।

बर्दिया निकुञ्जमा सुरक्षार्थ नेपाली सेना देवीदत्त गणको गस्ती टोलीले दुई थान भरुवा बन्दुक, ४० किलोभन्दा बढी जरायोजस्तो देखिने मासुको सुकुटी, दुइटा जरायोको सिङलगायत अन्य अखेटोपहरासहित गोप्य सूचनाका आधारमा घरमै गई आज चार जनालाई पक्राउ गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ पर्नेमा सुर्खेत जिल्ला बराहताल गाउँपालिका-१, तेलपानीका ६६ वर्षीय गगन वली, सोही पालिका–१ तेलपानीका ४३ वर्षीय यमबहादुर वली, सोही ठाउँका ३८ वर्षीय चन्द्रबहादुर वली र सोही ठाउँकै ३८ वर्षीय दिलबहादुर वली रहेको निकुञ्जका संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिए। उनीहरुलाई आइतबार सार्वजनिक गर्दै वन्यजन्तु ऐनअन्तर्गत कारबाही चलाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८० २१:१५ | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast