विश्वकप क्रिकेट : यी ८ टिम च्याम्पियन्स ट्रफीका लागि छनोट

हिमाल प्रेस २६ कार्तिक २०८० ६:५१ | Sunday, November 12, 2023
विश्वकप क्रिकेट : यी ८ टिम च्याम्पियन्स ट्रफीका लागि छनोट

काठमाडौँ- विश्वकप क्रिकेट २०२३ मा लिग चरणको अन्तिम खेल आज भारत र नेदरल्याण्ड्सबीच हुँदै छ। बेंगलुरुमा खेल दिउँसो सवा २ बजेदेखि हुनेछ। यसअघि अन्य टिमले लिग चरणका आ-आफ्ना खेल खेलिसकेका छन्।

साथै सेमिफाइनल पुग्ने टिम र बाहिरिने टिमको टुंगो लागिसकेको छ। जसअनुसार अंक तालिकाको शीर्ष स्थानमा रहेका ४ टिमले बुधबार र बिहीबार सेमिफाइनलका खेल खेल्ने छन्।

अंक तालिकाको शीर्ष स्थानमा भारत, साउथ अफ्रिका, अस्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन्। यी टिममध्ये बुधबार भारत र न्युजिल्याण्ड तथा बिहीबार साउथ अफ्रिका र अस्ट्रेलियाबीच खेल सेमिफाइनल खेल तय गरिएको छ।

त्यस्तै विश्वकप २०२३मा सहभागी १० टिममध्ये पुछारमा रहेका दुई टिमले आगामी वर्ष सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफी खेल्न पाउने छैनन्। हाल प्रतियोगिताको पुछारमा नेदरल्याण्ड्स र श्रीलंका रहेका छन्।

आइतबार भारतसँग हुने खेलमा नेदरल्याण्ड्सले जितेर बंगलादेशभन्दा माथि पुगेमात्रै नेदरल्याण्ड्सले च्याम्पियन्स ट्रफी खेल्न पाउने छ। नत्र सेमिफाइनल पुग्ने ४ टिमसहित पाकिस्तान, अफगानिस्तान, इग्ल्याण्ड र बंगलादेशले आगामी वर्षको च्याम्पियन्स ट्रफी खेल्ने छन्।

प्रकाशित: २६ कार्तिक २०८० ६:५१ | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast