सिकारीको गोली लागेर सशस्त्रका जवानको मृत्यु

हिमाल प्रेस २५ कार्तिक २०८० १९:१२ | Saturday, November 11, 2023
सिकारीको गोली लागेर सशस्त्रका जवानको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ– दाङमा वन्यजन्तु चोरी सिकारी गर्ने व्यक्तिले हानेको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको खुलेको छ।  दाङको घोराही उपमहानगरपालिका-७ हर्नियाका ३० वर्षीय सशस्त्र प्रहरी जवान जुगारु चौधरीको मृत्यु गोली लागेर भएको पुष्टि भएको हो।

यसअघि रुखबाट लडेर उनको मृत्यु भएको स्थानीयले बताएका थिए। उनको शरीरमा गोली लागेको खुलेपछि अनुसन्धानका क्रममा प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले बताए।

पक्राउ पर्नेमा घोराही–५ बरलाबोटका ५५ वर्षीय शेरबहादुर केसी छन्। भरुवा बन्दुकसहित शनिबार बिहान पक्राउ परेका केसीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ। मालुको पात खाँदै गरेको जंगली जनावर ठानेर गोली हानेको तर मान्छे ढलेको देखेपछि आफू भागेको आरोपितले प्रहरीसमक्ष स्वीकार गरेका छन्।

प्रकाशित: २५ कार्तिक २०८० १९:१२ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast