‘पशुपति प्रसाद ३’ बन्ने

हिमाल प्रेस २५ कार्तिक २०८० ७:५६ | Saturday, November 11, 2023
‘पशुपति प्रसाद ३’ बन्ने

काठमाडौँ- फिल्म ‘पशुपति प्रसाद’को तेस्रो सिक्वेल बन्ने भएको छ। प्रदर्शनरत फिल्म ‘पशुपति प्रसाद २’ को सफलतासँगै निर्माण टिमले तेस्रो भाग बनाउने घोषणा गरेको हो।

दीपेन्द्र के खनालले निर्देशन रहने फिल्मको कथा खगेन्द्र लामिछानेको लेख्नेछ्न। टुकी आर्ट्सको ब्यानरमा बन्ने फिल्म दोस्रो भागकै अन्त्यबाट सुरु गरिने निर्माण टिमले जनाएको छ।

‘पशुपति प्रसाद’को कथालाई टुङ्ग्याउन तेस्रो सिक्वेलको घोषणा गरेको निर्देशक खनालले बताए।
‘हामीले ‘पशुपति प्रसाद’मा जुन कथा सुरु गरेका थियौँ, त्यसलाई टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो निर्कौल हो।’ निर्देशक खनालले भने ‘दोस्रो सिक्वेल भस्मे डनको कथामा आधारित रहेको थियो। तेस्रो सिक्वेलमा पशुपति प्रसाद पात्रको कथा आउँछ।’

आगामी वर्ष छायांकन सहित प्रदर्शनको तयारीमा रहेको फिल्ममा कलाकार छनोट कार्य भइरहेको निर्माण टिमले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०८० ७:५६ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast