मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्छ : एमाले महासचिव

हिमाल प्रेस २४ कार्तिक २०८० २०:४० | Friday, November 10, 2023
मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्छ : एमाले महासचिव एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काभ्रेपलाञ्चोक- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्ने बताएका छन्।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज (शुक्रबार) एमाले धुलिखेल नगर कमिटीद्वारा तिहार, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा आयोजित चियापानमा महासचिव पोखरेलले संस्कृतिप्रति गर्व गर्दै त्यसको जगमा राष्ट्र निर्माणको प्रक्रियाअघि बढाउनुपर्ने बताएका हुन्।

‘हाम्रो संस्कृतिप्रति गर्व गर्नुपर्दछ र त्यसको जगमा राष्ट्र निर्माणको प्रक्रिया अगाडि बढाउनुपर्दछ, अनि मात्रै चुनौतीको सामना गर्न सकिन्छ,’ नेता पोखरेलले भने। उनले नेपाली समाजलाई धार्मिक अतिवादतर्फ लैजाने प्रयत्न भएकोमा दुःख व्यक्त गरे।

महासचिव पोखरेलले पछिल्लो समय नेपाली समाजको मौलिक संस्कृतिलाई विघटन गर्ने प्रवृत्ति नेपाली समाजका लागि निकै चुनौतीपूर्ण रहेको एमालेको दृष्टिकोण रहेको बताए।

प्रकाशित: २४ कार्तिक २०८० २०:४० | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast