काठमाडौँ- जडिबुटीस्थित क्लब १८ मा चर्चित गायक उर्गेन दोङ र जम्बुलिङ ब्यान्डको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ। मंसिर ११ गते राति ८ बजेदेखि सुरु हुने कार्यक्रममा उर्गेन दोङ र जम्बुलिङ ब्यान्डले आफ्ना लोकप्रिय गीतमार्फत दर्शक तथा संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्नेछन्।
क्लब १८ को आयोजनामा हुन लागेको उक्त कार्यक्रम गोर्खा पिल्सनरको प्रस्तुतिमा हुन लागेको हो। कार्यक्रममा प्रत्यक्ष सांगीतिक प्रस्तुतिसँगै दर्शकले क्लबको विशेष वातावरणमा मनोरञ्जन लिन सक्नेछन्।
क्लब १८ का सञ्चालक सुजन श्रेष्ठका अनुसार पछिल्लो समय काठमाडौँमा लाइभ म्युजिक र मनोरञ्जनात्मक कार्यक्रमप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ। सोही आकर्षणलाई ध्यानमा राख्दै दर्शकलाई फरक सांगीतिक अनुभव प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
‘हामी क्लब १८ मा आउने दर्शकलाई मनोरञ्जन मात्र नभई एउटा विशेष अनुभव दिने प्रयास गरिरहेका छौँ। उर्गेन दोङ र जम्बुलिङ ब्यान्डको प्रस्तुति संगीतप्रेमीका लागि विशेष हुने विश्वास लिएका छौँ। लाइभ म्युजिकको माहोलमा दर्शकले भरपूर मनोरञ्जन लिन सकून् भन्ने हाम्रो उद्देश्य हो। आगामी दिनमा पनि क्लबमा यस्ता विशेष सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने योजना छ, श्रेष्ठले भने
कार्यक्रमको टिकट खल्ती बाई आईएमईमार्फत उपलब्ध हुने आयोजकले जनाएको छ। कार्यक्रमलाई फायरबलले सहयोग गरेको छ भने रेड बुल ऊर्जा साझेदारका रूपमा रहेको छ। कान्छी, लजालु मायालु, सैया, मै झुटो, टाढा भए पनि आदि उर्गेनका चर्चित गीत हुन्।



