बाजुरामा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, पाँच जना घाइते

हिमाल प्रेस १२ मंसिर २०८३ ६:११ | Saturday, November 28, 2026
8
SHARES
बाजुरामा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, पाँच जना घाइते

बाजुरा- बाजुरामा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको पूर्वीउत्तरी क्षेत्र जगन्नाथ गाउँपालिका-३ दाउणामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटकाअनुसार दुर्घटनामा परेर दुई जनाको घटनास्थल मै मृत्यु भएको छ भने चालकसहित ट्याक्टरमा सवार पाँच जना घाइते भएका हुन्।

मृत्यु हुनेमा जगन्नाथ-३ मनिकाँडाका अन्दाजी ४५ वर्षका धनरुप शाही र अन्दाजी ३५ वर्षका धर्म शाही छन्।

ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका-४ बस्ने अन्दाजी २१ वर्षका नबिन बोहरा, बाजुरा जगन्नाथ-३ मनिकाँडा बस्ने अन्दाजी ४० वर्षीय बिउरा ओड, अन्दाजी २२ वर्षीय सङ्गीता शाही, अन्दाजी ४५ वर्षीय सिद्धा ओड र अन्दाजी ५२ वर्षीय रामसरादेवी सिंह घाइतेको कोल्टी अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ।

प्रवक्ता भाटका अनुसार पिलुचौर बजारबाट मनिकाँडा जाँदै गरेको सुपप्र ०१-००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

प्रकाशित: १२ मंसिर २०८३ ६:११ | Saturday, November 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast