काठमाडौँ- हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ।
आज दिउँसो कोसी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शनिबार बिहान उपत्यका र खोँचका साथै तराई भेगका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने छ ।
प्रकाशित: ११ मंसिर २०८३ ६:३६ | Friday, November 27, 2026
प्रतिक्रिया



