काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रकाशित: ११ मंसिर २०८३ १३:३२ | Friday, November 27, 2026
प्रतिक्रिया



