किसानको बाहुल्यता रहे पनि विकास प्रक्रिया ढिलो भयो : नारायणमान बिजुक्छे

हिमाल प्रेस २८ कार्तिक २०८३ ७:५७ | Saturday, November 14, 2026
किसानको बाहुल्यता रहे पनि विकास प्रक्रिया ढिलो भयो : नारायणमान बिजुक्छे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका संघर्ष र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाल कर्मचारी समाज इन्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक राजनीतिक विषयमा आज यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेले भक्तपुरको विकासलाई बुझ्न भक्तपुरको विगतबारे जानकारी लिन आवश्यक रहेको बताए। भक्तपुरमा किसानको बाहुल्यता रहेकाले यहाँको विकास प्रक्रिया केही ढिलो भए पनि उल्लेखनीय प्रगति भएको उनले बताए।

भक्तपुरका जनता राजनीतिक रूपमा सचेत रहेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको पुस्ताले विगतका संघर्ष प्रत्यक्ष रूपमा नदेखेकाले समाज रूपान्तरणका लागि अग्रज पुस्ताले गरेका विभिन्न आन्दोलन र संघर्षका गतिविधिबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिए। विगतका संघर्ष, अनुभव र योगदानलाई स्मरण गर्दै त्यसबाट नयाँ पुस्ताले सिक्नुपर्ने उनको भनाइ थियो।

भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप सर्कलअन्तर्गतका कलेज स्थापना गर्न यहाँका अग्रजले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहेको बताए। ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले इन्जिनियरिङ शिक्षाको क्षेत्रमा ख्वप इन्जिनियरिङ कलेजलाई उत्कृष्ट कलेज बनाउने दिशामा अघि बढिरहेको बताए।

प्रकाशित: २८ कार्तिक २०८३ ७:५७ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast