रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकृत निकाय सार्वजनिक सेवा प्रसारणको अध्यक्षमा खुल्यो दरखास्त

हिमाल प्रेस ५ मंसिर २०८३ ६:४० | Saturday, November 21, 2026
4
SHARES
रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकृत निकाय सार्वजनिक सेवा प्रसारणको अध्यक्षमा खुल्यो दरखास्त

काठमाडौँ- रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकृत निकाय ‘सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समिति’ ले रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।

समितिले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा छनोट गरी नियुक्तिका लागि सिफारिस गर्न इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको हो। अध्यक्ष पदका लागि आवेदन दिन चाहने योग्य उम्मेदवारहरूले आगामी २०८३ मंसिर २२ गते मङ्गलबार कार्यालय समयभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ।

दरखास्त फाराम, उम्मेदवारका लागि आवश्यक शैक्षिक योग्यता तथा अनुभव, र दरखास्तसाथ संलग्न गर्नुपर्ने र अन्य कागजातहरू सम्बन्धी विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइट (www.moic.gov.np) र सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट (www.psbnepal.gov.np) बाट प्राप्त गर्न सकिने समितिले जनाएको छ।
प्रकाशित: ५ मंसिर २०८३ ६:४० | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast