४ लाख २२ हजार ८९० जनाले हेरे ‘कबड्डी ५’

हिमाल प्रेस ३० कार्तिक २०८३ १३:१५ | Monday, November 16, 2026
8
SHARES
४ लाख २२ हजार ८९० जनाले हेरे ‘कबड्डी ५’

काठमाडौँ- नेपाली बक्स अफिसमा दयाहाङ राई अभिनित ‘कबड्डी ५’ ले उत्साहजनक व्यापार गरिरहेको छ। फिल्मले अहिलेसम्म १२ करोड ९४ लाख १५ हजार ४३७ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा फिल्मलाई ४ लाख २२ हजार ८९० जनाले हेरेका छन् ।

बाँसुरी फिल्म्सले निर्माण गरेको कबड्डी ५ मा कलाकार दयाहाङ राई, विजय बराल र बुद्धि तामाङलाई देख्न सकिन्छ । यो श्रृंखलाका अघिल्ला चारैवटा फिल्म बक्सअफिसमा सुपरहिट भएका थिए । यो फिल्ममा विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङदेल, माओत्से गुरुङ, कमलमणी नेपाल, विष्णु मोक्तान लगायतको अभिनय छ ।

निर्मातामा रामबाबुसहित मणिराम पोखरेल, मधु मिजार, विशाल गुरुङ रहेका छन् । कार्यकारी निर्मातामा सागर राज छन् ।

प्रकाशित: ३० कार्तिक २०८३ १३:१५ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast