काठमाडौँ- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले फाइनल यात्रा तय गरेको हो।
सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीले २० बल बाँकी छँदै जित निकालेको हो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो। उसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाएका थिए।
लुम्बिनीले अब उपाधिका लागि फाइनल खेल्नेछ भने सुदूरपश्चिमले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ।
प्रकाशित: १ मंसिर २०८३ २०:४२ | Tuesday, November 17, 2026
प्रतिक्रिया



