काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। पार्टी सहमहामन्त्री रामहरि खतिवडाका अनुसार आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो। बैठकमा पार्टीको विभागीय जिम्मेवारी हेरफेर लगायतका एजेन्डा रहेको एक नेताले बोलाए।
बैठक बोलाइनुको अर्को कारण अडियो प्रकरण पनि हो। कांग्रेसको आधिकारिकता लिन १८ करोड लेनदेन रहेको एक अडियो बाहिरिएपछि कांग्रेसका नेताहरू बचाउमा लागेका छन्। अभियुक्त इनम सापकोटाले प्रहरीकहाँमा दिएको बयान भन्दै अडियो बाहिरिएको छ। जसका कारण थापा विवादमा तानिएका छन्।
यसबारेमा पार्टीले हिजै धारणा सार्वजनिक गरेको छ। तर पनि यसै विषयमा छलफल गर्न बैठक बोलाइएको ती नेताले बताए।
प्रकाशित: १९ कार्तिक २०८३ ११:१२ | Thursday, November 5, 2026
प्रतिक्रिया



